वाङ यीद्वारा उत्तर कोरियाका उप विदेश मन्त्री पाक म्युङ-होसँग भेटवार्ता
2023-12-18 19:07:48cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले १८ तारिख पैचिङमा चीन र उत्तर कोरियाबीच कूटनीतिक परामर्श गर्न चीनमा रहनुभएका उत्तर कोरियाका उप विदेश मन्त्री पार्क म्युङ-होसँग भेट गर्नुभयो।

 

वाङ यीले चीनले उत्तर कोरियासँग मिलेर चीन-उत्तर कोरिया सम्बन्धलाई सधैं रणनीतिक उचाइ तथा दीर्घकालीन दृष्टिकोणबाट हेरेको र चीन-उत्तर कोरियाको मैत्रीपूर्ण सहकारी सम्बन्धको निरन्तर र स्थिर विकासलाई प्रवर्द्धन गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो।

 

यसैगरी पार्क म्युङ-होले उत्तर कोरियाले साझा हितको सुरक्षा गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व कायम राख्ने साथै चीनसँगको बहुपक्षीय सहकार्यलाई निरन्तरता दिने पनि बताउनुभयो।