रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन-रूस प्रधानमन्त्रीको २८ औँ नियमित भेटवार्तामा सहभागी हुनुहुने
2023-12-18 19:46:51cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा संघीय रूस सरकारका प्रधानमन्त्री मिखाइल मिशुस्टिन १९ देखि २० तारिखसम्म चीनमा चीन-रूस प्रधानमन्त्रीस्तरीय २८औँ नियमित भेटवार्तामा सहभागी हुनुहुने कार्यक्रम रहेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो।

 

प्रवक्ता वाङका अनुसार, चीन-रूस प्रधानमन्त्रीको नियमित भेटवार्ता नै दुवै देशका राष्ट्रनायक बीचको मतैक्यतालाई व्यवहारमा उतार्ने र दुवै पक्ष बीच विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यको समन्वय गर्ने एक महत्वपूर्ण व्यवस्था रहेको छ। सन् १९९६ मा त्यसको स्थापना गरिएपछि हरेक वर्ष एकचोटी आयोजना गरिन्छ। यस भेटवार्ताको क्रममा दुवै पक्षले द्वीपक्षीय सम्बन्ध, वास्तविक सहकार्य र साझा चासोका विषयहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान गर्नेछन्।