अल्पसंख्यक जाति# युन्नान प्रान्तीय छिबे गाउँमा जातीय एकताबाट ग्रामीण पुनर्त्थान-१
2023-12-19 10:46:51cri
Share with:

 

हिउँद ऋतुको सुरुवातसँगै युन्नान प्रान्तीय वैसी जिल्ला था छङ बस्तीको छिबे गाउँले कृषिको सुस्त अवधिमा प्रवेश गरेको छ। तर गाउँलेहरूसँग खाली समय छैन। उनीहरू भित्ताको निर्माण गर्ने, सडकको मर्मत गर्ने... सबैले ग्रामीण साँस्कृतिक पर्यटनको वातावरणलाई उकास्न व्यस्त छन्।

 

छिबे गाउँ नासी जाति, तिब्बत जाति, लीसु जाति आदि अल्पसंख्यक जाति मिश्रित बसोबास क्षेत्र हो र चिनियाँ ग्रामीण पर्यटनको महत्वपूर्ण नमूना र चिनियाँ सुन्दर तथा मनोरंजक गाउँबस्ति हो। विगत लामो समयमा गाउँको लोकप्रिय रीतिरिवाजको राम्ररी प्रयोग गरिएको थिएन। खेतीमा मेहनती काम गरेर खानपान र लुगाफाटाको समस्या मात्रै समाधान गरिएको थियो।

 

पिलर उद्योग खोजेमा मात्रै गाउँको विकास गर्न सक्नेछ। गाउँमा हुर्कनु भएका ह सिनहाइ एकजना अनुभवी हुनुहुन्छ। पहिला उहाँ बाहिर पर्यटनसम्बन्धी काम गर्नुहुन्थ्यो।  एकपटक जन्मथलो फर्कदा उहाँले गाउँको विकास तथा परिवर्तनको अनुभव गर्नुभयो। उहाँले गाउँमा उत्कृष्ट पर्यटनको विकास गर्ने साधन र श्रोत रहेको थाहा पाउनु भयो। सन् २०१८ मा उहाँले गाउँबस्तीमा पर्यटन कम्पनीको स्थापना गरेर गाउँको विशेषतायुक्त श्रोतको राम्ररी प्रयोग तथा विकास गर्ने योजना बनाउनु भएको थियो।

 

गाउँको विशेषतायुक्त श्रोतबारे विश्लेषण गर्दै ह सिनहाइले जातिको एकता र विशेषतायुक्त रीतिरिवाज गाउँको सबैभन्दा ठूलो विशेषता रहेको ठहर लिनुभयो। छिबे गाउँमा बासिन्दाहरूले सधैँ भेला भएर कोच्वाङ नाच तथा रेबा नाच गरेका र तिब्बती वा नासी जातीय हस्तकलाबारे छलफल तथा कुराकानी गरेका छन्। साथै त्यहाँ तीन नदी जोडेको भगोलिक अवस्थाका कारणले प्रशस्त्र पर्यावरणीय श्रोत र कृषि श्रोतले पनि पर्यटनको अनुभव बढाउन सक्छ।

 

“पर्यटकीय अनुभवको विषय छ भने उत्कृष्ठ होमस्टेको अभाव पनि थियो।” ह सिनहाइले भन्नुभयो। त्यसबेला गाउँमा एउटा उच्चस्तरीय होम्स्टे भइसक्यो। तर उक्त होमस्टेको ग्रहणशीलता सीमित थियो। यदि ग्राहकला बस्ने सुविधा नभएमा पर्यटनको प्रभाव सीमित हुने हुन्छ। त्यसैले उहाँले गाउँको प्राकृतिक दृश्यबमोजिम एउटा उत्कृष्ट होमस्टेको निर्माण गर्नुभएको छ। जसबाट पर्यटकले ग्रामीण दृश्य हेर्नुका साथै विशेषतायुक्त रीतिरिवाजको अनुभव गर्न सक्छन्।

 

 ह सिनहाइले सञ्चालन गर्नुभएको उक्त उत्कृष्ट होमस्टेले २० जना गाउँलेला रोजगारी दिएको छ। उहाँले गाउँमा रीतिरिवाजको अनुभव, कृषिको अनुभव र विशेषतायुक्त कृषि उत्पादन दिन सक्ने गाउँलेहरूला अनुकूलित पर्यटन कार्यक्रममा निमन्त्रणा पनि गर्नुभएको छ। जसबाट प्रत्येक वर्ष विशेष कृषि उत्पादनको बिक्री रकम एक करोड युनभन्दा बढी पुगेको छ।