राष्ट्राध्यक्ष सी चिनफिङद्वारा निरन्तर रूपमा इजिप्सियन राष्ट्रपति निर्वाचित हुनुभएकोमा साइसीलाई बधाई
2023-12-19 17:26:00cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १९ तारिख अब्देल फाताह अल साइसीलाई टेलिफोनमार्फत् उहाँ निरन्तर रूपमा इजिप्टको राष्ट्रपति निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

 

फोन वार्तामा राष्ट्राध्यक्ष सीले चीन र इजिप्ट दुवै नै एकले अर्काको विश्वास गर्ने असल मित्र रहेको भन्दै हातमा हात मिलाउँदै विकास र साझा समृद्धिको राम्रा साझेदार भएको बताउनुभयो। राष्ट्रपति साइसीसँगै मिलेर लगातार रूपमा एकले अर्कालाई समर्थन गर्नुका साथै विकासोन्मुख मुलुकको साझा हितको संरक्षण गरी चीन-इजिप्ट सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँदै जान आफू इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।