कान्सु भूकम्पपछि धेरै देश र अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा चीनप्रति सहानुभूति
2023-12-20 17:23:05cri
Share with:

डिसेम्बर १८ तारिख चीनको कान्सु प्रान्तको लिङ्सिया क्षेत्रको चि शान जिल्लामा ६.२ रेक्टर स्केलको भूकम्प गएपछि धेरै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले चीनप्रति समवेदना व्यक्त गरेका छन्। डिसेम्बर २० तारिख परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा बोल्दै कान्सुको भूकम्पपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, कम्बोडियाका राजा नोरोदोम सिंहामोनी, पाकिस्तानी राष्ट्रपति अल्वी, माल्दिभ्सका राष्ट्रपति मुइज र दक्षिण कोरियाका राष्ट्रपति युन सेओक यू लगायतका विभिन्न विदेशी नेताहरूले चीनका राष्ट्राध्यक्ष सी चिन फिङलाई फोन र पत्रमार्फत् भूकम्प पीडितहरूप्रति हार्दिक श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको कुरा बताउनुभयो।

रुसी प्रधानमन्त्री मिशुस्टिन, संयुक्त राष्ट्र संघका महासचिव गुटेर्रेस, संयुक्त राष्ट्र संघको ७८औँ महासभाका अध्यक्ष फ्रान्सिस लगायतका अरू देशका नेता तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूले पनि विभिन्न तरिकामार्फत चीनप्रति शोक सन्देश र समवेदना व्यक्त गर्नुभएको छ। अफगानिस्तान, नेपाल, इजिप्ट, साउदी अरेबिया, इजरायल, टर्की, जोर्डन, लिबिया, मोरक्को लगायतका अन्य धेरै देशहरूले पनि विभिन्न तरिकाबाट चीनप्रति समवेदना व्यक्त गरेका छन्। यसका लागि चीनले हार्दिक कृतज्ञता व्यक्त गर्दछ।