चीन तथा रूसका प्रधानमन्त्रीद्वारा चीन-रूस प्रधानमन्त्रीको २८औँ नियमित भेटवार्ताको सहअध्यक्षता
2023-12-20 14:40:57cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले डिसेम्बर १९ तारिख पैचिङमा रूसका प्रधानमन्त्री मिखाइल मिशुतिनसँग चीन रूस प्रधानमन्त्रीको २८औँ नियमित भेटवार्ताको सहअध्यक्षता गर्नुभएको छ। 

प्रधानमन्त्री लीले राष्ट्राध्यक्ष सी सिनफिङ र राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा चीन रूस सम्बन्ध उच्च स्तरमा बढिरहेको तथा चीनले रूससँग आउने वर्ष दु मुलुकको सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवको अवसरमा चीन रूस सम्बन्धमा नयाँ विकास गर्ने इच्छा लिएको बताउनुभएको छ। 

प्रधानमन्त्री मिशुतिनले रूसले चीनसँग अर्थतन्त्र, व्यापार, र्जास्रोत र लगानी आदि क्षेत्रको सहयोगला सबल पार्ने, मानवीय आदानप्रदानला गहन पार्ने तथा रूस चीन सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धला अझ उच्च स्तरमा पुर्याउने व्यक्त गर्नुभएको छ। 

साथै, प्रधानमन्त्री ली छ्याङ र प्रधानमन्त्री मिशुतिनले चीन रूस लगानी र ऊर्जास्रोत सहयोग समिति, उत्तर पूर्वी चीन र रूसी सुदूर पूर्वी र बैकाल क्षेत्र सरकारी सहयोग समिति, चीन रूस मानवीय सहयोग समितिका दु पक्षीय प्रतिनिधिहरूले पेस गरेका प्रतिवेदनहरू पनि सुन्नुभएको छ।