दुई विभागद्वारा भूकम्पग्रस्त क्षेत्रतर्फ राहत सामग्रीको बन्दोबस्त
2023-12-20 18:39:49cri
Share with:

भूकम्पग्रस्त क्षेत्रका बासिन्दाहरूको संक्रमणकालीन बन्दोबस्त र जीवन प्रत्याभूतिको चाहना बमोजिम राष्ट्रिय प्रकोप निवारण, न्यूनीकरण तथा उद्धार परिषद् कार्यालय र आपतकालीन व्यवस्थापन विभाग दुवैले कान्सु र छिङहाई यी दुइ प्रान्तका भूकम्पग्रस्त क्षेत्रतर्फ टेन्ट, फोर्डिङ बेड, स्टोभ  र सिरक लगायत केन्द्रीय प्रकोप उद्धार सामग्री विनियोजन गरेका छन्। यसका अतिरिक्त दुई विभागले विविध व्यवसायलाई समन्वय गर्दै प्रकोपग्रस्त क्षेत्रतर्फ ताजा साग, खाद्य पदार्थ, पाउरोटी, हलाल खाना र तताउने प्रबन्ध लगायतका राहत सामग्रीहरू पठाएका छन्। त्यसैगरी सक्दो प्रयासमार्फत प्रकोपपीडित सर्वसाधारणको आधारभूत जीवन प्रत्याभूति कार्य राम्रोसँग गरेका छन्।

 

यसबाहेक, पैचिङ, भित्री मङ्गोलिया, शाङहाई, च्याङ सु, शान तुङ र निङ स्या आदि प्रान्त र शहरले सक्रियताका साथ प्रकोपग्रस्त क्षेत्रका लागि पूँजी सहायता दिनुका साथै जीवनसँग सम्बन्धित विविध प्रकारका राहत सामग्री ढुवानी गरेका छन्।