चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा निकारागुआका राष्ट्रपति ओर्टेगासँग टेलिफोन वार्ता
2023-12-20 17:06:44CRI
Share with:

डिसेम्बर २० तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निकारागुआका राष्ट्रपति जोस ड्यानियल ओर्टेगा सावेद्रासँग टेलिफोन वार्ता गर्नुभएको छ।

दुई देशका प्रमुखहरूले चीन र निकारागुआको रणनीतिक साझेदारी सम्बन्ध आधिकारिक रूपमा स्थापना भएको घोषणा पनि गर्नुभएको छ।

सी चिनफिङले दुई वर्षअघि निकारागुआका राष्ट्रपति ओर्टेगा र उपराष्ट्रपति मुरिलोद्वारा चीन र निकारागुआबीच कूटनीतिक सम्बन्ध पुनःस्थापनाको राजनीतिक निर्णय र चीन र निकारागुआबीचको सम्बन्धमा गरिएको महत्वपूर्ण योगदानलाई सम्झना गरेको पनि औँल्याउनुभएको छ।

ओर्टेगाले निकारागुआ र चीनबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङसँग निकारागुआ र चीनबीचको रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको संयुक्तरूपमा घोषणा गर्नपाउँदा खुशी लागेको बताउँदै निकारागुआ र चीनको सम्बन्ध इतिहासमा महत्त्वपूर्ण कोसेढुंगा हुने पनि औँल्याउनुभयो।

साथै ओर्टेगाले कान्सु प्रान्तमा गएको भूकम्पप्रति राष्ट्राध्यक्ष सीसमक्ष निकारागुआ र त्यहाँका जनताकातर्फबाट समवेदना व्यक्त गर्नुभएको छ।

दुई देशका प्रमुखले फोनमार्फत् वार्ता गरेपछि जनवादी गणतन्त्र चीन र गणतन्त्र निकारागुआ बीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको संयुक्त वक्तव्य दुवै पक्षले जारी गरेको छ।