चीन-रुस सैन्य रणनीतिक परामर्शको २२औं बैठक आयोजित
2023-12-21 17:09:54cri
Share with:

डिसेम्बर २० तारिख चीन र रुसी सेनाबीच पैचिङमा २२औं चरणको रणनीतिक परामर्श सम्मेलन आयोजित भएको छ। दुई पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा अवस्था र दुई सेनाबीचको सम्बन्ध लगायतका विविध विषयमा गहन विचार आदान-प्रदान गरेका छन्।

 

दुवै पक्षले राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको महत्वपूर्ण सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्ने, दुई सेनाबीचको रणनीतिक समन्वयको स्तरलाई थप वृद्धि गर्ने र क्षेत्रीय तथा विश्व शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने र मानवजातिको साझा भविष्यको समुदायको निर्माणमा नयाँ योगदान दिने कुरा औंल्याएका छन्।