यस वर्षको पहिलो ११ महिनामा अनलाइन खुद्रा बिक्री मात्रा ११%ले वृद्ध
2023-12-21 17:18:56cri
Share with:

चीनको वाणिज्य मन्त्रालयको ई-वाणिज्य विभागका अधिकारीले नोभेम्बर २१ तारिखसम्मको चीनको ई-वाणिज्यको विकासबारे जानकारी दिएका छन्। यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म चीनको राष्ट्रिय अनलाइन खुद्रा बिक्री १४० खर्ब चिनियाँ युआन पुगेको छ जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ११%ले वृद्धि भएको छ।

 

सन् २०२३ देखि चीनको ई-वाणिज्यको विकास शक्ति बलियो हुँदैआएको र नवीनता पनि विकसित हुँदैआएको देखिन्छ। यसले आन्तरिक माग विस्तार गर्न, वैदेशिक व्यापारलाई स्थिर बनाउन र खुलापनलाई प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्दै विभिन्न विशेषताहरू देखाएको उनले बताए।

उनले भने,

१.उपभोग वृद्धिको पुनरुत्थानलाई प्रवर्द्धन गर्दैजाने छ।

२.परम्परागत उद्योगको डिजिटल रूपान्तरणमा सहयोग गर्दैआएको छ। ३.डिजिटल प्रविधिको कार्यान्वयन र अनुप्रयोगलाई प्रवर्द्धन गर्दैआएको छ।

४.अन्तर्राष्ट्रिय डिजिटल अर्थतन्त्रको सहकार्यको लागि नयाँ नवीनताको सिर्जना गरेको छ।