"सिन्च्याङ मानव अधिकार र कानुनी शासन सम्बन्धमा रिपोर्ट" नीलपत्र जारी
2023-12-21 15:04:21CRI
Share with:

"चिनियाँ शैलीको आधुनिकीकरणको क्रममा सिन्च्याङमा मानव अधिकारको कार्य उच्च गुणस्तरीय विकासको प्रवर्द्धन" सन् २०२३ सैद्धान्तिक गोष्ठी तथा कथा आदानप्रदान बैठक सिन्च्याङको उरुमुचीमा सम्पन्न भएको छ। सो क्रममा, "सिन्च्याङ मानव अधिकार र कानुनी शासनसम्बन्धमा रिपोर्ट" एउटा नीलपत्र आधिकारिक रूपमा जारी गरिएको छ। विज्ञ र विद्वानहरूले "समकालीन चिनियाँ मानव अधिकार अवधारणाको सिन्च्याङ अभ्यास" जस्ता विषयहरूमा गहन रूपमा छलफल गरेका छन्।

बैठकको क्रममा, सिन्च्याङमा मानव अधिकारको विकास र प्रगति देखाउन सिन्च्याङका विभिन्न क्षेत्रका धेरै प्रतिनिधिहरूले प्रभावशाली कथाहरू र व्यक्तिगत अनुभवहरू समेत बाँडेका थिए।

बैठकको क्रममा "सिन्च्याङ मानव अधिकार र कानुनी शासनसम्बन्धमा रिपोर्ट" को नीलपत्र सार्वजनिक समारोह पनि आयोजना गरिएको थियो। सिन्च्याङको मानव अधिकारको क्षेत्रमा भएका चौतर्फी प्रगति र ऐतिहासिक उपलब्धिहरू समकालीन चिनियाँ मानव अधिकार अवधारणाको शक्तिशाली अभ्यास र स्पष्ट व्याख्या हुन्।