नेपाल-श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक : कोलम्बो-लुम्बिनी उडानबारे छलफल
2023-12-21 17:03:00cri
Share with:

नेपाल-श्रीलंका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठक बिहीबार संचालित भयो।  परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाली समकक्षी अली साब्रीको सहअध्यक्षतामा भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार उक्त बैठकमा काठमाडौं–कोलम्बो सिधा हवाई सेवा बढाउने, क्षेत्रीय सहकार्य, संस्कृति, पर्यटनलगायत विषयहरूमा छलफल भइरहेको छ।

 

कान्तिपुर अनलाइनका अनुसार आयोगको बैठक जारी हुनुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो । बैठकमा कोलम्बो-लुम्बिनी सिधा हवाई सेवा बारेमा छलफल गर्ने पनि उल्लेख छ । साथै, नेपालले श्रीलंकामा थुनामा रहेका तीन नेपालीहरूलाई छुटाउनका लागि पनि कुरा राख्नेछ ।

 

दुवै मुलुकले जलवायु परिवर्तनको क्षेत्रमा आफ्ना अनुभव आदान–प्रदान गर्नेछन्। परराष्ट्र मन्त्रालयको अनुसार बिहीबारै दुई मुलुकबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख छ ।