चीन-फ्रान्स संयुक्त वृत्तचित्र” पैचिङनेली: मानवजातिको अन्तिम गोप्य” को पहिलो प्रसारण
2023-12-21 10:41:57cri
Share with:

डिसेम्बर १९ तारिख सीएमजी, फ्रान्स राष्ट्रिय टेलिभिजन ग्रुप, फ्रान्स १०.७ उत्पादन कम्पनीबाट सह-निर्मित वृत्तचित्र ”पैचिङनेली: मानवजातिको अन्तिम गोप्य” फ्रान्सको प्यारिसमा अवस्थित युनेस्को कार्यालयमा पहिलो प्रसारण गरिएको छ।

 

सीएमजीका महानिर्देशक शन हाइ स्युङले ”पैचिङनेली: मानवजातिको अन्तिम गोप्य” मा बीस लाख वर्षसम्मको मानव विकास इतिहास प्रदर्शन गरिएको र यसबाट पूर्वी भूमिमा प्राचीन मानिसको जादुई कथाको दृश्य देखिएको व्यक्त गर्नुभयो। उहाँले उक्त वृत्तचित्रमा देखिएको विषयजस्तै प्राचीन कालदेखि हालसम्म मानवजाति भाग्य समुदाय रहिरहेको र मानव सभ्यताको हरेक प्रगतिबाट मानवबीच सूचना र ज्ञानको स्थानान्तरण, दान-प्रदान र पसी सिकाइ अलग रहनसक्दैन भन्ने दोहोर्याउनुभयो।

 

युनेस्कोका उप-महा निर्देशक छ्यु सिङले वृत्तचित्रबाट मानवजातिको उत्पत्तिको इतिहास अलगै नभएको र पसमा जोडिएको तथा अन्योन्याश्रित छ भन्ने प्रमाणित भएको उल्लेख गर्नुभयो।