डिजिटल अर्थतन्त्र एसियाको आर्थिक विकासको महत्वपूर्ण प्रेरक शक्ति
2023-12-21 17:08:36cri
Share with:

 

पोआउ एसिया मञ्चले डिसेम्बर २१ तारिख "एशियन डिजिटल आर्थिक रिपोर्ट" पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रतिवेदन अनुसार विश्वव्यापी आर्थिक पुनरुत्थानको शक्ति कमजोर भएको वातावरणमा एसियाले विश्वव्यापी आर्थिक वृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेलेको छ। तीमध्ये डिजिटल अर्थतन्त्र एसियाको आर्थिक विकासको लागि महत्वपूर्ण प्रेरक शक्ति बनेको देखिन्छ।

 

पोआउ एशिया फोरमका महासचिव ली पाउ तोङले विश्व डिजिटल आर्थिक विकासको लागि चीनको वातावरण सबैभन्दा सुविधाजनक, सम्भावित क्षमता सबैभन्दा बलियो र डिजिटल अर्थतन्त्रको सबैभन्दा व्यापक प्रयोग गर्ने देश भएको कुरा बताउनुभयो। उहाँले चीन सरकारले डिजिटल अर्थतन्त्रको विकासलाई ठूलो महत्त्व दिएको र जसलाई राष्ट्रिय रणनितिक स्तरमा उठाएको बताउँदै डिजिटल अर्थतन्त्र चीनको आर्थिक बृद्धिको लागि महत्त्वपूर्ण प्रेरक शक्ति बन्ने अपेक्षा लिनुभयो।