छिङहाईद्वारा १८,२५९ जना भूकम्पग्रस्त सर्वसाधारणको व्यवस्थापन
2023-12-22 15:14:40cri
Share with:

चिशशानमा ६.२ स्केल भूकम्प गएपछि भूकम्पपीडितहरूला छिङहा प्रान्तीय हाइतुङ नगरको मिनह जिल्ला, ह्वालुङ जिल्ला, स्युङह्वा जिल्लामा १४१ वटा अस्थायी बसोबास क्षेत्र स्थापना गरी १८,२५९ जना सर्वसाधारणला बासको व्यवस्था गरेको छ। हालसम्म जम्मा गरी ५९ हजार ४ सय सेट प्रकोप राहत पाल, फोल्डिङ बेड, सिरक, कपासेकोट र तताउने उपकरण समेत विभिन्न खालका उद्धार सामग्रीहरू प्रदान गरिसकेको छ।

 

यसका साथै २१ तारिख बेलुकीको ८ बजेसम्म छिङहा प्रान्तीय हाइतुङ नगरको रेड क्रस सोसायटी र मिनह, ह्वालुङ, र स्युङह्वा जिल्लाले समाजका विभिन्न वर्गबाट ५ करोड ४८ लाख ६० हजार चिनियाँ युनको चन्दा सहयोग पाउनुका साथै १ करोड २७ लाख ८० हजार चिनियाँ युन बराबरका प्रकोप राहत पाल, फोल्डिङ बेड, सिरक, कपासेकोट र तताउने उपकरण लगायत विभिन्न उद्धार सामग्री प्राप्त गरेको छ।