फिलिपिन्सले आफ्नो हराएको बाटोबाट सिक्ने बेला आयो
2023-12-22 18:50:53cri
Share with:

 

डिसेम्बर २० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मन्त्री वाङ यीले फिलिपिन्सका विदेशमन्त्री मनारोसँग टेलिफोन वार्ता गर्नुभयो। दक्षिण चीन सागर समस्याको कारणले चीन-फिलिपिन्स सम्बन्ध गतिरोधमा रहेको बेला यो फोन वार्ताले बाहिरी विश्वको ठूलो ध्यानाकर्षण गरेको छ।

 

सो वार्ताको क्रममा चीनले स्पष्ट रूपमा औंल्याएको छ, ‘फिलिपिन्सले अहिलेसम्म आफ्नो नीतिगत अडान परिवर्तन गर्दै प्रतिवद्धताबाट पछि हट्दै र समुद्रमा उत्तेजना वा समस्या निम्त्याउनुका साथै चीनको वैध अधिकारमाथि क्षति पुर्‍याएको छ।’

उक्त वार्तामा फिलिपिन्सले चीनसँगको सम्पर्कलाई सुदृढ गर्ने, सामुद्रिक समस्यामा दुई देशबीचको सञ्चार संयन्त्रको सुधार गर्ने र समस्याको समाधान संयुक्तरूपमा खोज्ने आशा व्यक्त गरेको छ।

 

चीनले फिलिपिन्ससँग वार्ता र सम्पर्कको ढोका कहिल्यै बन्द नगर्ने र फिलिपिन्स आफ्नो हराएको बाटोबाट फर्किने आशा लिएको छ।  चीन-फिलिपिन्स सम्बन्धको भविष्य फिलिपिन्सले के गर्नेछ, त्यसमा निर्भर रहने पनि बताएको छ।