कान्सु प्रान्तद्वारा भूकम्पपछि १४ करोड चिनियाँ युआनको उद्धार रकम
2023-12-22 15:06:30cri
Share with:

सन् २०२३ डिसेम्बर १८ तारिख राती ११ बजेर ५९ मिनेट जाँदा कान्सु प्रान्तीय लिनस्या प्रिफेक्चरको चिशशान जिल्लामा ६.२ स्केलको भूकम्प गएको थियो। त्यसपछि कान्सु प्रान्तीय कृषि तथा ग्रामीण विभागले तत्कालै आपतकालीन योजना जारी गर्दै कार्य दल खटाएर प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। १९ तारिख राती कान्सु प्रान्तीय कृषि तथा ग्रामीण विभागले १४ करोड चिनियाँ युनको उद्धार रकम विनियोजन गरेको छ।

 

यसपछि कान्सु प्रान्तीय कृषि तथा ग्रामीण विभागले कृषि उत्पादन पुनःउत्थान कार्यक्रम शीघ्र तयार गर्न प्रभावित जिल्लाला निर्देशन समेत दिएको छ।