सीएमजीको अल्ट्रा हाइ डेफिनेसन नमुना उद्यानको निर्माण कार्य शुरू
2023-12-23 18:54:32cri
Share with:

 

चाइना मिडिया ग्रुपको अल्ट्रा हाइ डेफिनेसन नमुना उद्यानको निर्माण कार्य डिसेम्बर २३ तारिख पैचिङमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् पैचिङ शहर समितिका सचिव यीन ली सो शुभारम्भ समारोहमा उपस्थिति हुनुभयो। केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङ लगायतका अतिथिहरू सो शुभारम्भ समारोहमा पनि सहभागी भएका थिए।

 

महानिर्देशक शनले समारोहलाई सम्बोधन गर्दै स्थापना भएयता चाइना मिडिया ग्रुपले सधैं नै राष्ट्राध्यक्ष सी चिनफिङको निर्देशनलाई प्राथमिकतामा राखी सक्दो ठूलो प्रयासमार्फत अल्ट्रा हाइ डेफिनेसन व्यवसायको विकास र प्राविधिक अनुसन्धानलाई अघि बढाउँदै आएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, चाइना मिडिया ग्रुपले सफलताका साथ विश्वभर पहिलो पल्ट ८ के टेलिभिजन च्यानलको प्रत्यक्ष प्रसारणलाई सिध्याएको छ। साथै चाइना मिडिया ग्रुपले इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुदको समापन समारोहमा ८ के अन्तर्राष्ट्रिय सार्वजनिक संकेतको पनि सफलताका साथ प्रयोग गरेको छ। ५ जी जोड ४ के र ८ के जोड एआइ लगायतका विविध सिर्जनशील उपलब्धिहरूबाट के प्रमाणित गरिएको छ भने चीनले विश्वमा अल्ट्रा हाइ डेफिनेसन सम्बन्धी चिनियाँ छवि देखाएको छ।