चीनको वसन्त चाड अर्थात् चिनियाँ चन्द्र नयाँ वर्ष संयुक्त राष्ट्र संघको छुट्टी
2023-12-23 18:50:13cri
Share with:

 

डिसेम्बर २२ तारिख ७८औं संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिका साथ चिनियाँ वसन्त चाडलाई संयुक्त राष्ट्र संघको छुट्टीको रूपमा तोक्ने निश्चित गरेको छ।

 

संयुक्त राष्ट्र संघका लागि चीनको स्थायी नियोगका कार्यवाहक ताइ पिङले चिनियाँ वसन्त चाड चीनको परम्परागत चाडको रूपमा शान्ति, सद्भाव र स्थिरता जस्ता चिनियाँ सभ्यताको अवधारणाको प्रतिनिधित्व गरेको कुरा बताउनुभयो।

 

यो चाडको संस्कृति पारिवारिक सद्भाव, सामाजिक सहिष्णुता र मानिस तथा प्रकृतिबीचको सामाञ्जस्यपूर्ण सहअस्तित्व जस्ता सम्पूर्ण मानवजातिका मूल्यहरू पनि देखाएको छ।

 

धेरै देश र क्षेत्रहरूले वसन्त चाडलाई कानुनी छुट्टीको रूपमा अपनाएको र विश्वको जनसंख्याको एक-पाँच भागले विभिन्न तरिकामार्फत वसन्त चाड मनाउँछन्।