किन धेरै भन्दा धेरै विदेशी लगानीकर्ताहरूले चीनमा कारखानाहरू निर्माण गर्न खोज्दैछन्?
2023-12-23 17:12:22cri
Share with:

 

"चीनसँगको फाइदा र फराकिलो सम्भावना जुन विश्वका अन्य बजारहरूसँगको छैन र चिनियाँ बजार टेस्लाको 'अवश्यक' विकल्प हो।"  टेस्ला कम्पनीका ग्लोबल उपाध्यक्ष थाउ लिनले २२ तारिख बताउनुभयो। सोही दिन, शाङ हाइ शहरको लिङ्काङस्थित टेस्ला ऊर्जा भण्डारण सुपर कारखानाको निर्माण औपचारिक रूपमा शुरू भएको छ। यो अमेरिका बाहिरको टेस्लाको पहिलो ऊर्जा भण्डारण सुपर कारखाना पनि हो।

 

यस वर्षदेखि टेस्ला जस्ता धेरै विदेशी कम्पनीहरूले चीनमा कारखानाहरू निर्माण गरेका छन्। पछिल्लो तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म चीनमा ४८,०७८ वटा नयाँ विदेशी लगानी उद्यम स्थापित भएको छ जुन संख्या गत वर्षको सोही अवधिको तुलनामा ३६.२ प्रतिशतले बढेको छ। धेरै भन्दा धेरै विदेशी कम्पनीहरूले चीनमा लगानी गरिरहेका छन् र यसबाट के देखिन्छ? यसबाट चीनको आर्थिक पुनरुत्थान र सुधार भइरहेको देखिन्छ, विश्वव्यापी लगानीको लागि चीन अझै पनि लोकप्रिय देखिन्छ र चीनको भविष्य उज्यालो हुने भएको देखिन्छ।