याङ्सी नदी आर्थिक बेल्टद्वारा पारिस्थितिकीय संरक्षणको रेखाङ्कन
2023-12-24 17:07:14cri
Share with:

 चीनको प्राकृतिक सम्पदा मन्त्रालयका अनुसार याङ्सी नदी आर्थिक क्षेत्रका ११ वटा प्रान्त र शहरले हालै पारिस्थितिकीय संरक्षण क्षेत्रको रेखाङ्कन पूरा गरेका छन् र याङ्सी नदीको पारिस्थितिकीय सुरक्षालाई सुदृढ पारेका छन्।

 

हाल, याङ्सी नदी आर्थिक क्षेत्रका ११ वटा प्रान्त र शहरले लगभग ५ लाख २० हजार वर्ग किलोमिटर क्षेत्रफल भएको पारिस्थितिकीय संरक्षण क्षेत्र तोकेको छ जसमध्ये स्थल पारिस्थितिकीय संरक्षण क्षेत्र करिब ४ लाख ९० हजार वर्गकिलोमिटर तथा समुद्री पारिस्थितिकीय संरक्षण क्षेत्र लगभग ३० हजार वर्ग किलोमिटर छ।