गाजा क्षेत्रको मानवीय सहायता सम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को निर्णय प्रस्तावको छिटै कार्यान्वयन गर्नुपर्ने: प्यालेष्टाइनी विदेश मन्त्रालय
2023-12-24 16:46:06cri
Share with:

डिसेम्बर २२ तारिख राति प्यालेष्टाइनी विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले पारित गरेको गाजा क्षेत्रको मानवीय सहायता सम्बन्धी निर्णय प्रस्ताव नै सही दिशातर्फ विकसित हुने एउटा पाइला भएको भन्दै त्यस कारवाईले सो निर्णय प्रस्तावलाई रोक्न र अवरोध लगाउने मुलुकहरूमाथि दबाव दिएको कुरा जनाएको छ।

 

प्यालेष्टाइनी समाचार एजेन्सीका अनुसार, प्यालेष्टाइनी विदेश मन्त्रालयले एकातिर उक्त निर्णय प्रस्तावलाई छिटै नै कार्यान्वयन गर्न आह्वान गर्नुका साथै अर्कातिर छिटोभन्दा छिटो गरी सो निर्णय प्रस्तावको कार्यान्वयन गरिने व्यवस्थाको स्थापना गर्न संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ।