चीनद्वारा सिमा सेनेटरी क्वारेन्टाइन कानुन संशोधन
2023-12-25 15:10:21CRI
Share with:

सिमा सेनेटरी क्वारेन्टाइन कानुन संशोधन मसौदा डिसेम्बर २५ तारिख पहिलोपटक चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिसमक्ष पेश गरिएको छ। कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणमा देखाइएको मुख्य समस्यामाथि लक्षित उक्त मसौदाले सिमा सेनेटरी क्वारेन्टाइनको स्थायी व्यवस्थापनलाई अझ पूरा गर्नुका साथै गम्भीर संक्रामक रोग महामारीप्रति भन्सारको आपतकालीन उपाय सुधार गर्नेछ। 

उक्त मसौदाले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणको अनुभव समीक्षा गर्दै आपतकालीन उपाय थपेको छ। 

प्राप्त जानकारीअनुसार, हाल जारी भएको चिनियाँ सिमा सेनेटरी क्वारेन्टाइन कानुन सन् १९८७ देखि कार्यान्वयन भएको र सन् २००७, २००९ र २०१८मा संशोधन गरिएको हो।