जुनार उत्पादन बढेपछि किसान दङ्ग
2023-12-25 16:28:22cri
Share with:

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रोपनी जमिन यतिखेर जुनारले पहेँलपुर बनेको छ। उहाँलाई हरेक दिन जुनार टिपेर बिक्रीका लागि बजार पठाउन भ्याइनभ्याइ छ। गत वर्षको तुलनामा यो वर्ष जुनार उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो। यो वर्ष अहिलेसम्म छ लाख रुपियाँ जतिको जुनार बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “गत वर्ष जुनारबाट १८ लाख रुपियाँ जति लिएको थिएँ। यो वर्ष २० लाख रुपियाँ होला जस्तो छ।जुनार किन्न व्यापारी बगैँचामै आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उहाँले सुनाउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

बगैँचाबाटै जुनार प्रतिकेजी दाना अनुसार ५० देखि ६० रुपियाँका दरले बिक्री भइरहेको जुनार किसान ठकुरीले बताउनुभयो। सिन्धुलीको जुनार खेतीको पकेट क्षेत्र सबै ठाउँमा कच्ची भए पनि सडक पुगेकाले किसानलाई जुनार बिक्री गर्न कुनै समस्या छैन। 

किसान भुजेलले जुनार बिक्री गरेर करिब २० लाख रुपियाँ आम्दानी लिइसक्नुभएको छ। अरू किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ हुँदा उहाँले सबै जुनार बिक्री गरी बगैँचा खाली गरिसक्नुभएको छ। 

जुनार र सुन्तलाका गरी २० रोपनीको बगैँचा छ, त्यसमध्ये १५ रोपनीमा गरेको जुनार खेतीले फल दिइरहेको छ,” किसान भुजेलले भन्नुभयो, “अरू पाँच रोपनीमा भर्खर रोपेका बिरुवा छन्। ती बिरुवाले पनि अबको दुई/तीन वर्षमा फल दिन सुरु गर्छन्।” 

सिन्धुलीको जुनारमा विगत केही वर्षदेखि फल कुहाउने औँसा किराको प्रकोप देखिएको छ। जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन्। लटरम्म फलेका जुनारका दानाले गाउका बगैँचा र बिपी राजमार्ग आसपासका बजार नै पहेँलपुर बनेका छन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोनले जुनार खेतीमा यो वर्ष गरेको स्थलगत सर्वेक्षण अनुसार जुनार खेतीमा सुँढे पुतलीको प्रकोपका कारण कुल उत्पादमा १५ प्रतिशत क्षति पुगेको छ। जिल्लामा एक हजार ५० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको