सिंगापुरमा जन्मिएको पाण्डा लल चीन फर्किने
2023-12-25 09:23:11CRI
Share with:

सिंगापुरमा जन्मिएको पाण्डा लल आगामी वर्षको जनवरी १६ तारिख चीन फर्किने भएको छ। डिसेम्बर ५ तारिख सिंगापुरका लागि चिनियाँ राजदूताबास, सिंगापुरको वान थाई समूह तथा चिनियाँ राष्ट्रिय विशाल थिएटरले लल बस्ने सिंगापुरको ह छ्वान पर्यावरणीय गार्डेनमा “सदा मित्रवत् रहौँ, ललसँगै खुसी मनाऔँ” शीर्षकमा कार्यक्रमको आयोजना गरेको छ।

 

डिसेम्बर ५ तारिख पाण्डा सम्बन्धी एउटा रमाइलो सङ्गीत कार्यक्रम सिंगापुरको ह छ्वान पर्यावरणीय गार्डेनमा आयोजना गरिएको छ। चिनियाँ राष्ट्रिय विशाल थिएटरका कलाकारहरु र सिंगापुर राफल्स सङ्गीत कलेजका शिक्षक तथा विद्यार्थीहरुले छिटै चीन फर्किनलागेको पाण्डा ललसँग पाण्डा हलमा मैत्रीपूर्ण रुपमा अन्तर्क्रिया गरेका छन्। सिंगापुर राफल्स सङ्गीत कलेजका शिक्षक छन् छिङ लुनले बाँसुरीबाट ललका लागि सिंगापुरको गीत “घर” सुनाउनुभयो। उहाँले भन्नुभयो,

भर्खरै मैले बजाएको सङ्गीत सिंगापुरमा धेरै लोकप्रिय छ। लल सिंगापुरमा जन्मिएको हो। त्यसैले मैले यस सङ्गीत उसप्रति समर्पित गरेको छु। उ चीन फर्किएपछि पनि सिंगापुरको सम्झना गर्नसक्ने मैले आशा गरेको छु।

सिंगापुर तथा चीनका कलाकारहरुले ह छ्वान पर्यावरणीय गार्डेनमा रहेको ह यान वु यु थिएटरमा विभिन्न वाद्ययन्त्रमार्फत् “वसन्त ऋतुमा नदी, फूल र रात्री दृश्य” को धून बजाउँदै “ज्यास्मिन”, “खाङ तिङ प्रेम गीत”तथा “मित्रता अमर रहोस्” लगायतका प्रख्यात गीतहरू गाउनुभयो। सो कार्यक्रमको तत्स्थानमा चीन र सिंगापुरका युवायुवतीहरुका चित्र रचनाहरु प्रदर्शन गरिएका थिए। सिंगापुरको चिनियाँ संस्कृति केन्द्र र चीनको सोङ छिङ लिङ युवा विज्ञान तथा प्रविधि एवम् सांस्कृतिक आदान-प्रदान केन्द्रद्वारा आयोजित “नमस्ते पाण्डा” चित्र प्रतियोगितामा यी उत्कृष्ठ चित्र रचनाहरु छानिएका थिए। चीन र सिंगापुरका युवा युवतीहरुले चित्रमार्फत पाण्डाप्रति उनीहरुको मायालु भावना अभिव्यक्त गरेका छन्।

सन् २०२१ को अगष्ट १४ तारिख ललको जन्म सिंगापुरको ह छ्वान पर्यावरणीय गार्डेनमा भएको थियो। उसको जन्मदेखि नै सिंगापुरका नागरिकहरुले उसलाई मन पराउन थालेका थिए। उ जनावरको वास्तविक तारा हो। चीन र सिंगापुर बीचको सम्झौता बमोजिम, आगामी वर्षको जनवरी १६ तारिख लल सिंगापुर एयरलाइन्सको उडानबाट चीन फर्किने छ। आगामी वर्षको जनवरी १३ तारिख लल सिंगापुरका दर्शकहरुसँग भेट्ने अन्तिम दिन हुने छ। त्यसपछि चीन फर्काउन तयारी गर्न उसलाई क्वारेन्टाइनमा राखिने छ।

 

लल छिटै चीन फर्किने खबर थाहा पाएपछि सिंगापुरका धेरै दर्शकहरुले विशेष गरी उसको अवलोकन गर्दै उसलाई शुभकामना दिएका छन्। सिंगापुरका नागरिक ह्वाङ वै ल्याङ यसरी भन्छन्, 

दु:ख लागे तापनि उसका लागि खुसी छु किनभने उ मातृभूमि फर्किने छ। लल, तिमी खुसी रहनु, सुस्वास्थ्य रहोस् र शुभयात्राको कामना छ।