चीनको कान्सु प्रान्तमा चीशशान ६.२ स्केलको भूकम्पबाट मृत्यु भएकाको सम्झनामा मौनधारण समारोहको आयोजना
2023-12-25 15:14:47cri
Share with:

डिसेम्बर १८ तारिख राती २३ बजे ५९ मिनेट जाँदा चीनको कान्सु प्रान्तको लिन स्या ह्वी जातीय स्वायत्त प्रदेशको चीशशानमा  ६.२ स्केलको भूकम्प गएको थियो। डिसेम्बर २५ तारिख बिहान १० बजे सो भूकम्पमा परी मृत्यु भएकाको सम्झनामा चीशशानमा मौनधारण समारोहको योजना गरिएको छ। 

चीनको राज्य परिषद् भूकम्प प्रतिरोध तथा उद्धार निर्देशन कार्य टोलीका प्रतिनिधि, कान्सु प्रान्त, प्रदेश र जिल्ला सरकारी प्रतिनिधि, चिनियाँ मुक्ति सेनाका प्रतिनिधि, चिकित्सक र स्वयंसेवकका प्रतिनिधि गरी जम्मा १०० भन्दा बढी व्यक्तिहरूले उक्त समारोहमा भाग लिएका थिए। ३ मिनेटको मौनधारणसँगै मृतकको सम्झनामा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ।