फिलिपिन्ससँगको सामुद्रिक सम्बन्धी समस्यालाई वार्ता र परामर्शद्वारा उचित रूपमा समाधान गर्न चीन इच्छुक
2023-12-25 16:44:19cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले डिसेम्बर २५ तारिख  आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र फिलिपिन्सबीचको वर्तमान सम्बन्ध सम्बन्धी प्रश्नको जवाफ दिनु भएको छ। उहाँका अनुसार,सबैभन्दा पहिले चीन आफ्नो क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र हितको रक्षा गर्न अडिग रहिरहेको छ। केही समयदेखि फिलिपिन्सले बारम्बार दोस्रो थोमस शोल लगायत समस्याहरू उत्पन्न गर्न र बाह्य शक्तिलाई हस्तक्षेप गर्न आकर्षित गरेको छ। यसप्रति चीनले आवश्यक प्रतिक्रिया गराउन परेको छ। साथै वार्ताका लागि चीनको ढोका सधैं खुला छ। वार्ता र परामर्शद्वारा फिलिपिन्ससँगको सामुद्रिक सम्बन्धी मुद्दाहरूलाई सही ढंगले समाधान गर्न चीन इच्छुक रहेको छ । फिलिपिन्स गलत बाटोमा नलाग्ने कुरामा चीनको आशा रहेको छ।