संयुक्त राष्ट्र संघद्वारा वसन्त पर्वलाई संयुक्त राष्ट्र सँघीय दिवसका रूपमा तोकेकोमा चीनको परराष्ट्र मन्त्रालयको प्रतिक्रिया
2023-12-25 17:09:33cri
Share with:

स्थानीय समयअनुसार डिसेम्बर २२ तारिख संयुक्त राष्ट्र संघको ७८औँ महासभाले वसन्त चाडलाई संयुक्त राष्ट्र संघीय दिवसका रूपमा तोक्ने निर्णय प्रस्ताव पारित गरेको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले डिसेम्बर २५ तारिख नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुका सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको छ। उहाँका अनुसार वसन्त चाड चिनियाँ संस्कृतिको सबैभन्दा पुरानो र महत्त्वपूर्ण परम्परागत चाड हो। वसन्त पर्व चीनको मात्र नभइ विश्वको पनि हो। अपूर्ण तथ्याङ्कका अनुसार करिब २० देशले वसन्त पर्वलाई वैधानिक बिदा दिने गरेका छन्। वसन्त पर्व सम्बन्धी लोक गतिविधिहरू विश्वका झण्डै २०० देश र क्षेत्रहरूमा फैलिएका छन् भने संसारभरका मानिसहरूले रमाइलो अनुभव गर्दछन्। विभिन्न सभ्यताहरू एकअर्कासँग मिलेर बस्न सक्नेसंयुक्त रूपमा मानवजातिका लागि साझा भविष्यका साथ समुदाय निर्माण गर्नसक्ने चिनियाँहरुको आशा छ।