संयुक्त राष्ट्र संघीय महासभाद्वारा सन् २०२४ संयुक्त राष्ट्र संघको नियमित बजेट पारित
2023-12-25 14:53:40cri
Share with:

डिसेम्बर २४ तारिख संयुक्त राष्ट्र संघीय समाचार वेबसाइटले जनाएअनुसार, ७८औँ संयुक्त राष्ट्र संघीय महासभाले सन् २०२४ का लागि कुल रकम ३ अर्ब ५९ करोड अमेरिकी डलरको संयुक्त राष्ट्र संघको नियमित बजेट अनुमोदन गरेको छ।

सन् २०२३ मा संयुक्त राष्ट्र संघको नियमित बजेट करीब ३ अर्ब ४० करोड अमेरिकी डलर थियो।

संयुक्त राष्ट्र संघको नियमित बजेट संस्थानको संचालनमा चाहिने खर्चमा प्रयोग गरिने छ। नियमित बजेटबाहेक, संयुक्त राष्ट्र संघले शान्ति संरक्षणसम्बन्धी बजेट तर्जुमा गर्ने छ। शान्ति संरक्षणसम्बन्धी बजेट हरेक वर्षको जुलाई एक तारिखदेखि शुरु हुन्छ। त्यसैले शान्ति संरक्षणसम्बन्धी बजेट गृष्म ऋतुमा पारित गर्ने गरिन्छ।