चीनद्वारा एक अमेरिकी संस्था र दुई व्यक्ति विरुद्ध प्रतिनाकाबन्धी
2023-12-26 18:34:21cri
Share with:

डिसेम्बर २६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले फेरि सिन्च्याङ सम्बन्धी गलत मानवअधिकार मुद्दाको निहुँमा चिनियाँ अधिकारी र कम्पनीहरूलाई अबैध नाकाबन्दी गराएको बताउनुभयो। जसले चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेको र अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत मान्यताहरूलाई गम्भीर उल्लङ्घन गरेको र सम्बन्धित चिनियाँ अधिकारी र कम्पनीहरूको वैधानिक अधिकार र हितलाई गम्भीर नोक्सान पुर्याएको उहाँले औँल्याउनुभयो। चीनले यसको कडा विरोध गर्नुका साथै अमेरिकासँग गम्भीर सम्पर्क गरेको छ।

जन गणतन्त्र चीनको विदेशी प्रतिबन्ध विरोधी कानुन अनुसार चीनले दीर्घकालीन सिन्च्याङ सम्बन्धी संवेदनशील सूचना सङ्कलन गर्ने र अमेरिकाको सिन्च्याङ सम्बन्धी अबैध नाकाबन्दीलाई आधार प्रदान गर्ने अमेरिकी डाटा कम्पनी खारोनखारोनका अनुसन्धान निर्देशक एडमन्ड जूपूर्व अमेरिकी वरिष्ठ रक्षा अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता निकोल मोर्गरेट गरी दुई व्यक्तिलाई प्रतिनाकाबन्दी लगाउने छ।