“डिजिटल अर्थतन्त्रद्वारा साझा समृद्धिलाई प्रवर्द्धन गर्ने कदम” सार्वजनिक
2023-12-26 15:17:47cri
Share with:

चीनको राष्ट्रिय विकास तथा सुधार समिति तथा राष्ट्रिय तथ्याङ्क व्यूरोले संयुक्तरूपमा हालै डिजिटल अर्थतन्त्रद्वारा साझा समृद्धिलाई प्रवर्द्धन गर्ने कदम सार्वजनिक गरेको छ। यी कदमले डिजिटल प्रविधि र वास्तविक अर्थतन्त्रलाई गहिरो रूपमा जोडेर डिजिटल तरिकामार्फत असन्तुलित र अपूर्ण विकास समस्याको समाधान गरी समग्र नागरिकलाई डिजिटल युगको विकास मौकाको अनुभव गराउने तथा उच्च गुणस्तरीय विकासमा साझा समुद्धिलाई साकार तुल्याउन शक्ति दिने छ। 

उक्त कदम योजनामा प्रस्तुत गरिएका कदम मुख्यतः डिजिटल पूर्वाधारको निर्माणलाई अघि बढाउने, ग्रामिण क्षेत्रमा डिजिटलको निर्माणलाई अघि बढाएर गाउँमा डिजिटल शासन स्तरलाई उकास्ने, डिजिटल शिक्षा स्रोतको प्रवर्द्धन गर्ने, दूर चिकित्सा सेवा दिने, वृद्धवृद्धालाई सेवा दिने डिजिटल स्तरलाई उकास्ने छ।