चीनले मित्रता, इमानदारी, पारस्परिक हित र समावेशीताको अवधारणालाई सक्रियतापूर्वक कार्यान्वयन गर्ने
2023-12-26 17:16:10cri
Share with:

डिसेम्बर २६ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे: केही समयअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्नुभएको थियो। यस वर्ष चिनियाँ राष्ट्राध्यक्षको कूटनीतिको समापन र महत्त्वपूर्ण अभ्यास हो यो। चीनले छिमेकी मुलुकसँगको मैत्री, इमानदारी, पारस्परिक लाभ र समावेशीताको कूटनीतिक अवधारणालाई कसरी अगाडि बढाउने छ र छिमेकी मुलुकसँगको मैत्रीपूर्ण सहयोग सुदृढ गर्ने छ?

यसप्रति प्रवक्ता माओ निङले जवाफ दिँदै भन्नु भए अनुसार यस वर्ष मित्रता, इमानदारी, पारस्परिक हित र समावेशीताको छिमेकी कूटनीतिको अवधारणाको १० औं वार्षिकोत्सव हो। विगत १० वर्षमा चीनले यो महत्त्वपूर्ण अवधारणालाई सक्रियताका साथ लागु गरेको छ र सधैं छिमेकीहरूलाई आफ्नो समग्र कूटनीतिमा राखेको छ। सी चिनफिङको विचार कूटनीतिको मार्गनिर्देशनमा चीनले इमानदारी, पारस्परिक लाभ र समावेशीताको अवधारणालाई सक्रिय रूपमा अभ्यास गर्ने छ र छिमेकी राष्ट्रहरूसँगको मित्रतापूर्ण सहयोग र हितहरूको एकीकरणलाई गहिरो बनाउने छ। चिनियाँ शैलीको आधुनिकीकरणले थप छिमेकी राष्ट्रहरूलाई फाइदा पुर्‍याउन र एशियामा आधुनिकीकरण प्रक्रियालाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने छ।