कमरेड माओ चतोङको १३०औँ जन्मजयन्तीका अवसरमा आयोजित गोष्ठीमा सी चिन फिङको महत्वपूर्ण सम्बोधन
2023-12-26 19:08:24cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कमरेड माओ चतोङको १३० औँ जन्मजयन्तीका उपलक्ष्यमा डिसेम्बर २६ तारिख बिहान पैचिङमा एक गोष्ठीको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले उक्त अवसरमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

कमरेड माओ चतोङ एक महान माक्र्सवादी, एक महान सर्वहारा क्रान्तिकारी, रणनीतिकार र सिद्धान्तकार, मार्क्सवादको चिनियाँकरणका एक महान अग्रगामी, चीनको समाजवादी आधुनिकीकरण अभियानका महान् संस्थापक र आधुनिक समयमा चीनका महान् देशभक्त र राष्ट्रिय नायकपार्टीको पहिलो पुस्ताको केन्द्रीय नेतृत्व सामूहिकताको केन्द्रविन्दु हुनुहुन्छ। उहाँ एक महान व्यक्ति हुनुहुन्छ जसले चिनियाँ जनतालाई आफ्नो भाग्य र देशको अनुहार पूर्ण रूपमा परिवर्तन गर्न नेतृत्व गर्नुभयो। विश्वका उत्पीडित राष्ट्रहरूको मुक्ति र मानव प्रगतिका लागि महत्वपूर्ण योगदान पुर्‍याउने उहाँ महान् अन्तर्राष्ट्रियवादी हुनुहुन्छ भन्ने कुरामा सी चिनफिङले जोड दिनुभयो।