“लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूको अन्तर्देशीय आर्थिक सहयोगको पञ्च वर्षीय विकास योजना २०२३-२०२७” सार्वजनिक
2023-12-26 14:54:31cri
Share with:

चीनको वाणिज्य मन्त्रालयले कम्बोडिया, लाओस, म्यान्मार, थाइल्याण्ड, भियतनाम गरी पाँच मुलुकको आर्थिक तथा व्यापारिक विभागहरूसँग “लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूको अन्तर्देशीय आर्थिक सहयोगको पञ्च वर्षीय विकास योजना २०२३-२०२७” सार्वजनिक गरेको छ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गत एशिया विभागका जिम्मेवार व्यक्तिका अनुसार, लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूको सहयोगले अन्तर्क्रिया, व्यवसायकालागि सहयोग, अन्तर्देशीय आर्थिक सहयोग, जलस्रोत साधन, कृषि, गरिबी न्यूनीकरण गरी पाँच वटा क्षेत्र निश्चित गरेको छ।

“लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूको अन्तर्देशीय आर्थिक सहयोगको पञ्च वर्षीय विकास योजना २०२३-२०२७” को उद्देश्य आर्थिक तथा व्यापारिक सहयोगलाई अगाडि बढाउने सम्बन्धमा लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूका नेताहरूद्वारा प्राप्त सहमतिलाई व्यवहारमा उतार्नु हो। उक्त योजना लानछाङ च्याङ-मेकोङ नदी मुलुकहरूको आर्थिक तथा व्यापारिक सहयोगका लागि महत्वपूर्ण अर्थ बोकेको छ।