चीनको उत्कृष्ट आर्थिक फाइदाद्वारा विश्वव्यापी कम्पनीहरू आकर्षित
2023-12-26 18:43:51cri
Share with:

चीनको राज्य परिषद्को विकास अनुसन्धान केन्द्रले डिसेम्बर २५ तारिख बेइजिङमा चीन विकास प्रतिवेदन २०२३सार्वजनिक गरेको छ। जसले चीनको आर्थिक विकासका धेरै फाइदाहरूलाई व्यवस्थित रूपमा क्रमबद्ध गरेको छ। प्रतिवेदनका अनुसार ठूलो अर्थतन्त्रका फाइदाहरू थप प्रख्यात भएको र चीनको आर्थिक विकासको प्रमुख लाभ भएको तथा धेरै क्षेत्रमा चीनको आर्थिक नवप्रवर्तन र विकासलाई बढावा दिएको देखिन्छ। चीनको अर्थतन्त्रले विश्व आर्थिक प्रणालीसँग गहिरो रूपमा मिलेको छ। चीनले बाहिरी संसारमा आफ्नो खुलापन विस्तार गर्न जारी राखेको छ, जुन विश्वभरका कम्पनीहरूका लागि बलियो आकर्षण बनेको छ।

चीनको विकास विश्वसँग अगल हुँदैन र विश्वको विकास चीनसँग अगल हुँदैन। वर्तमान विश्व आर्थिक वातावरणमा विश्व आर्थिक र व्यापार सम्बन्धको स्थिरकर्ताका रूपमा चीनको भूमिका झनै प्रष्ट भएको छ।