विश्वव्यापी आर्थिक तथा व्यापारिक संघर्ष बढ्ने प्रवृति
2023-12-27 15:30:28CRI
Share with:

चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेसनल ट्रेडले डिसेम्बर २७ तारिख अक्टोबर महिनाको विश्वको आर्थिक तथा व्यापारिक संघर्ष सूचकाङ्क प्रकाशित गरेको छ। तथ्याङ्कले विश्वव्यापी आर्थिक तथा व्यापारिक संघर्ष बढ्ने प्रवृति देखाएको छ। 

संयुक्त सूचकाङ्कबाट हेर्दा अक्टोबरमा विश्वको आर्थिक तथा व्यापारिक संघर्ष सूचकाङ्क ३०५ भएर गत वर्षको सोही अवधिको तुलनामा ४४ अंक वृद्धि हुनुका साथै सेप्टेम्बरको तुलनामा १२४ बढेको छ। विश्वको आर्थिक तथा व्यापारिक संघर्षसम्बन्धी रकम गत वर्षको सोही अवधिभन्दा २९ प्रतिशतले बढ्नुका साथै सेप्टेम्बरभन्दा ४३.६प्रतिशत बढेको छ। 

मुलुकलाई हेर्दा आर्थिक तथा व्यापारिक संघर्ष सूचकाङ्कमा मेक्सिको, अमेरिका र टर्की पहिलो तीन स्थानमा परेका छन्। आर्थिक तथा व्यापारिक संघर्षसम्बन्धी रकममा अमेरिका, यूरोपेली संघ र दक्षिण कोरिया पहिलो तीन स्थानमा छन्। 

आर्थिक तथा व्यापारिक संघर्षका मुख्य व्यवसायहरूमा इलेक्ट्रोनिक्स, मेकानिकल उपकरण, यातायात उपकरण, चिकित्सा तथा औषधि, प्रकाश उद्योग तथा रासायनिक उद्योग छन्।