माउ च तोङलाई सम्झना गर्ने के कस्तो अर्थ र महत्त्व बोकेको छ?
2023-12-27 09:54:05cri
Share with:

डिसेम्बर २६ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले जन वृहत् सभा भवनमा एक सम्मेलनको आयोजना गरी नयाँ चीनको मुख्य संस्थापक माउ च तोङको १३० औँ जन्मोत्सव मनाएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले माउ च तोङ मार्क्सवादलाई चीनमा फैलाउने सिर्जनकर्ता, चिनियाँ समाजवादी आधुनिक निर्माण कार्यका महा-संस्थापक, चिनियाँ जनताको नेतृत्व गर्दै आफ्नो भाग्य र मुलुकलाई परिवर्तन गर्ने महान नेता र मानवजातिको प्रगति हासिल गर्न ठूलो योगदान गर्ने अन्तर्राष्ट्रियवादी भनेर उच्च मूल्याङ्कन गर्नुभएको छ। माउ च तोङलाई सबैभन्दा राम्रो तवरले सम्झने तरिका भनेको उहाँले सिर्जना गर्नुभएको कार्यलाई अगाडि बढाउने भएको कुरामा सी चिनफिङले जोड दिनुभएको छ। 

हरेक वर्ष, माउ च तोङको जन्मदिवसको अवसरमा आधिकारिक क्षेत्रदेखि निजी क्षेत्रसम्म पैचिङदेखि माउ च तोङको जन्मस्थल हुनान प्रान्तको शाउ शान सहरसम्म चीनका विभिन्न ठाउँमा विविध तरिकाबाट उहाँलाई सम्झने गरिन्छ।