दोस्रो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला एक्स्पो सन् २०२४ नोभेम्बर २६ देखि ३० तारिखसम्म
2023-12-27 15:01:05cri
Share with:

डिसेम्बर २७ तारिख चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रवर्द्धन संघले वार्षिक पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रवर्द्धन संघले दोस्रो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला एक्स्पोको प्रदर्शनी मिति सार्वजनिक गरेको छ। 

दोस्रो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला एक्स्पो सन् २०२४ को नोभेम्बर महिनाको २६ तारिखदेखि ३० तारिखसम्म आयोजना हुने भएको छ। दोस्रो चीन अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला एक्स्पोमा स्वच्छ ऊर्जा स्रोत श्रृंखला, स्मार्ट गाडी श्रृंखला, डिजिटल वैज्ञानिक तथा प्राविधिक श्रृंखला, स्वस्थ जीवन श्रृंखला, हरित कृषि श्रृंखला गरी पाँच श्रृंखला र आपूर्ति श्रृंखला सेवा प्रदर्शन क्षेत्रहरू राखिने छन्।

चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रवर्द्धन संघका प्रवक्ता चाङ सिनले सन् २०२४ को जनवरीमा चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रवर्द्धन संघले साल्वाडोरमा व्यापार प्रदर्शनीको आयोजना गर्ने र २६ वटा चिनियाँ उद्योग-व्यवसायहरूले यसमा सहभागिता जनाउने बताउनुभएको छ।