"सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको अध्ययन पत्रको श्रृंखला" को छैठौँदेखि दशौँ खण्डहरूको प्रकाशन
2023-12-27 14:31:15CRI
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी इतिहास एवम् साहित्य संस्थानद्वारा सम्पादन गरिएको "सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको अध्ययन पत्रको श्रृंखला" को छैठौँदेखि दशौँ खण्डहरूलाई चिनियाँ केन्द्रीय साहित्य प्रकाशन संस्थाले प्रकाशनसँगै चीनमा वितरण गरेको छ। यो अध्ययन पत्रको श्रृंखलाका छैठौँदेखि दशौँ खण्डहरूमा कुल ३१ वटा सैद्धान्तिक प्रचारात्मक लेखहरू समावेश छन्, जसलाई सन् २०२० देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पार्टी इतिहास एवम् साहित्य संस्थानलेलेखन तथा व्यवस्थापन गरी “पिपुल्स डेली” र “छ्युश” मा प्रकाशित गरेका छन्, यसमा लगभग २ लाख ३० हजार शब्दहरू छन्। यी लेखहरू अत्यधिक वैचारिक र पठनीय छन् र महासचिव सी चिनफिङका सान्दर्भिक महत्त्वपूर्ण विचारधाराहरूको गहन अध्ययन गरेर यसमा भएका सत्य, सिद्धान्त र दर्शनको व्याख्यालाई सुझाएका छन्।

सन् २०२० मा यो पत्र श्रृंखलाको पहिलो देखि पाँचौँ खण्डहरू प्रकाशन गरिएको थियो।