नेपालद्वारा पूर्वाधार विकासमा उल्लेख्य प्रगति
2023-12-27 16:00:42cri
Share with:

नेपालमा एक वर्षको अवधिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८३१.१ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गरिएको छ। २०७९ पुस १० गतेदेखि २०८० पुस ८ गतेसम्मको अवधिमा सो सडक निर्माण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार सो अवधिमा कालोपत्रे सडक पुनर्निर्माण २३३ किलोमिटर, खण्डास्मित (ग्राभेल) सडक ६२६.५ किलोमिटर, नयाँ ट्र्याक निर्माण १८६.०९ किलोमिटर, आवधिक रूपमा ५७७.२५ किलोमिटर सडक मर्मत गरिएको छ। एक वर्षको अवधिमा हुलाकी राजमार्ग अन्तर्गत १४४ किलोमिटर कालोपत्रे, मध्यपहाडी राजमार्ग अन्तर्गत १२७ किलोमिटर कालोपत्रे, कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटरामदीमालढुङ्गा खण्डमा ६६ किलोमिटर कालोपत्रे, सोही कोरिडोर अन्तर्गत बेनीजोमसोनकोरला खण्डमा छ किलोमिटर सडक कालोपत्रे गरिएको हो।  त्यसै गरी सो अवधिमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबुटवल खण्डमा ३२.५ किलोमिटर कालोपत्रे, मदन भण्डारी राजमार्ग अन्तर्गत १८.५ किलोमिटर कालोपत्रे, मुग्लिनपोखरा खण्डमा १२ किलोमिटर कालोपत्रे र गल्छीत्रिशूली खण्डमा सात किलोमिटर सडक कालोपत्रे गरिएको छ। सो अवधिमा कोशी कोरिडोर अन्तर्गत १७ किलोमिटर सडक खण्डास्मित (ग्राभेल) र कर्णाली कोरिडोर अन्तर्गत ५.५ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको हो।

आवश्यक ठाउँमा पुल निर्माणबिना राजमार्ग तथा सडक निर्माणको खास सार्थकता हुन नसक्ने कुरालाई मनन गर्दै सरकारले सडकसँगै पुल निर्माणलाई समेत तीव्रता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार वर्तमान सरकारको एक वर्षको अवधिमा २२९ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन्। 

मन्त्रालयका प्रवक्ता पोखरेलले सरकारको एक वर्षको अवधिमा मदन भण्डारी राजमार्ग अन्तर्गत २३ वटा, हुलाकी राजमार्ग अन्तर्गत १९ वटा, मध्यपहाडी राजमार्ग अन्तर्गत आठ वटा, गल्छीत्रिशूली सडकखण्डमा तीन वटा नयाँ पुल निर्माण भएको बताउनुभयो। बाँकी पुलहरू मुलुकको अन्य विभिन्न राजमार्ग तथा सडकखण्डमा निर्माण गरिएका छन्।

सडक विभागको पुल महाशाखाका अनुसार सिग्नेचर ब्रिजनिर्माणका लागि मुलुकभरि १० उपयुक्त स्थान पहिचान गरिएको छ। नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछिया खोला (मोरङ), तमोर नदी (धनकुटा), बागमती नदी (काठमाडौँ र रौतहट), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा) र बकैया (मकवानपुर) को स्थान पहिचान गरिएको महाशाखाले जनाएको छ। नारायणी नदीमा सिग्नेचर ब्रिजनिर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ।

सरकारको एक वर्षको अवधिमा हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। जिल्लाको चङ्गेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि नयाँ बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै ती गाउँपालिका सडक सञ्जालमा जोडिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यही पुस ६ गते उक्त पुलको उद्घाटन गर्नुभएको थियो। यसअघि अदानचुली र ताँजाकोट गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिसकेका छन् यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे उक्त बेलिब्रिजको लम्बाइ ४८.७६८ मिटर चौडाइ .२० मिटर  

बेलिब्रिज उद्घाटनपछि मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण नेपाल सरकारको यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई सघाउ पु-याएको बताउनुभयो वर्तमान सरकारले विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै उहाँले  सदरमुकाम सिमकोट सडक जोड्नका लागि चट्टानी भिर छारे क्षेत्रमा नेपाली सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा एउटा बेलिब्रिज निर्माण अगाडि बढेको बताउनुभयो