चिनियाँ र अमेरिकी सेनाबीचको भिडियो वार्तामा सकारात्मक र रचनात्मक नतिजा
2023-12-28 16:27:13cri
Share with:

डिसेम्बर २८ तारिख दिउँसो चिनियाँ रक्षा मन्त्रालयले नियमित पत्रकार सम्मेलन आयोजना गरेको छ। रक्षा मन्त्रालयको प्रेस ब्यूरोका निर्देशक एवम् प्रेस प्रवक्ता उ छ्यानले पत्रकारहरुका प्रश्नको जवाफ दिनुभएको छ।

डिसेम्बर २१ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सैनिक व्युरोका सदस्य एवम् सैनिक व्युरोका सघीय स्टाफ विभागका प्रमुख लिउ चन्लीको निमन्त्रणामा अमेरिकी सेनाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष ब्राउनसँग भिडियो वार्ता गर्नुभएको छ। यसबारेमा चीन र अमेरिकाले आपसी सैनिक सम्बन्धको विकासलाई बढाउने कदमहरु जानकारी दिने पत्रकारको प्रश्न छ।

उ छ्यानका अनुसार गत महिना चीन र अमेरिका सान फ्रान्सिस्को वार्तामा चीन र अमेरिकाका राष्ट्रानायकहरुले समानता र सम्मानको आधारमा दुई सेनाहरू बीच उच्च स्तरको सम्पर्क, चीन-अमेरिका रक्षा मन्त्रालय कार्य बैठक, चीन-अमेरिका समुद्री सैन्य सुरक्षा परामर्श संयन्त्रको बैठकको पुनःशुरु गर्ने विषयमा सहमति भएको थियो।

आउने चरणमा अमेरिकाले चीनसँग एउटै दिशातर्फ जाने आशा गरेको छ जसबाट समानता र सम्मानको आधारमा दुई सेनाबीचको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने छ।