“शान्ति, विकास, सहयोग, साझा विजय”——विश्व दृष्टिकोणबाट सन् २०२३ को चीन
2023-12-28 16:34:42cri
Share with:

सन् २०२३ डामाडोलको वर्ष हो। रूस र युक्रेनबीचको द्वन्द्व, प्यालेष्टाइन र इजराइलबीचको द्वन्द्व र महामारीपछि अर्थतन्त्र र जनजीवनमाथि परेको प्रभाव अझै रहँदै गएको छ। विश्वमा सयौँ वर्षमा नभेटिएको परिवर्तन अनुभव हुँदै गएको छ। यद्यपि, सन् २०२३ मानवजातिले शान्ति, विकास, सहयोग, र साझा विजय हुने भविष्यकालागि प्रयास गरिरहेको वर्ष पनि हो।

चीनले धुनिकीकरणलाई अगाडि सारेको पाइलाप्रति विश्व साक्षी रहनुका साथै चीनको उच्च गुणस्तरीय विकासले विश्व अर्थतन्त्रमा पुर्याएको नयाँ शक्ति र हित कल्याणको पनि साक्षी छ।

यसका साथै संयुक्तबेल्ड एण्ट रोडप्रस्ताव विश्वव्यापीरूपमा स्वागत पाएको चौतारो बनेको छ र चीनले विश्व शासनमा प्रस्तुत गरेको नयाँ उपायले विश्वलाई गहिरो प्रभाव पारेको कुराको हामी पनि साक्षी भएका छौँ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको छः चीनको भविष्य र भाग्य तथा मावनजातिको भविष्य र भाग्य घनिष्ठरूपमा जोडिएको छ। चीनले विभिन्न मुलुकसँग मिलेर शान्तिपूर्ण विकास, साझा समृद्धि तथा विश्व आधुनिकीकरणलाई साकार तुल्याउने अपेक्षा लिएको छ।