काठमाडौँको भृकुटीमण्डपमा रियल स्टेट प्रदर्शनी
2023-12-28 15:35:10cri
Share with:

काठमाडौँको भृकुटीमण्डपमा डिसेम्बर २८ तारिख बिहीबारदेखि आठौँ रियल स्टेट प्रदर्शनी हुने भएको छ नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको गोरखापत्र अनलाइनले लेखेको छ

मेलाले आमसमुदायमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ 

मेलाले घरजग्गा व्यवसायलाई समयसाक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ घरजग्गा तथा सम्बन्धित व्यवसायी सका उपभोक्तालाई एकै थलोमा भेला गराई व्यवसायीले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुर्‍याउने र नेपाली रियल स्टेट व्यवसायको यथार्थ स्थिति, सही छनोट र समुचित मूल्यबारेसमेत मेलाबाट जानकारी लिन सक्ने सङ्घले जनाएको छ मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आआफ्ना सेवा तथा उत्पादनको प्रदर्शन गर्ने छन् सङ्घका अध्यक्ष रमेश धमलाले मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैङ्क र बिमा कम्पनी सहभागी हुने जानकारी दिनुभयो 

मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान र बिमा, बैङ्किङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आआफ्ना तथा परामर्शसमेत उपलब्ध गराउने सङ्घले जनाएको छ

चार दिनसम्म सञ्चालन हुने मेलामा दुई अर्ब ५० करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ ६० भन्दा बढी स्टल रहेका मेलामा कम्तीमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा