चाइना मिडिया ग्रुपको शृङ्खलाबद्ध वृत्तचित्र प्रसारण गरिने
2023-12-28 10:27:10CRI
Share with:

चालु वर्ष चीन र दक्षिण अफ्रिकाबीच दौत्य सम्बन्ध स्थापना भएको २५औँ वार्षिकोत्सव हो। चीन र दक्षिण अफ्रिकाको सम्बन्ध सुनौलो अवधिमा प्रवेश गरेर विकासोन्मुख मुलुकबीच सबैभन्दा जैविक शक्ति भएको द्वीपक्षीय सम्बन्धहरूमध्येको एक बनेको छ। चाइना मिडिया ग्रुप र दक्षिण अफ्रिकी ब्रोडकास्टिङ कम्पनीले संयुक्तरूपमा शृङ्खलाबद्ध वृत्तचित्र “२५ वर्ष-चीन तथा दक्षिण अफ्रिकाको मित्रता र सहयोगको वृत्तचित्र” बनाएका छन्। उक्त वृत्तचित्रले चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा गरिको दक्षिण अफ्रिकाको चौथोपटकको भ्रमणबाट दुई देशबीच कुटनीति, आर्थिक सहकार्य तथा सांस्कृतिक आदानप्रदानको क्षेत्रमा भएको उपलब्धि देखाएको छ। 

तीन शृङ्खलाको “२५ वर्ष-चीन तथा दक्षिण अफ्रिकाको मित्रता र सहयोगको वृत्तचित्र” को हरेक शृङ्खला ३० मिनेटको छ। यो “२५ वर्ष-चीन तथा दक्षिण अफ्रिकाको मित्रता र सहयोगको वृत्तचित्र” २८ तारिखदेखि ३० सम्म सीसीटीभी-४, सीजीटीएनको अङ्ग्रेजी च्यानल र वृत्तचित्र च्यानलमा पहिलोपटक प्रसारण गरिने छ।