चीनले सुधारलाई गहन पार्दै थप "वासन्ती कथाहरू" लेख्दै जाने
2023-12-28 09:11:19CRI
Share with:

चीनको सुधार तथा खुलापनबाट विश्वलाई के फाइदा भएको छ?पहिलो, चीन नै विश्व अर्थव्यवस्थाको विकासका लागि एक नयाँ प्रेरक शक्ति बनेको छ। चीन विश्वको कुल जनसंख्याको लगभग पाँच भागमध्येको एक भएको अर्थव्यवस्था हो। विगत ४५ वर्षमा, विशेष गरी बितेका १० वर्षमा, चीनले विश्व स्तरीय व्यावसायिक वातावरण सिर्जना गरेको छ र अन्तर्राष्ट्रिय क्षेत्रमा पूँजी प्रवाहको वैज्ञानिक संचालनका लागि सहयोग तथा समर्थन दिइरहेको छ।

नेपाली व्यापारी विष्णु दुमरू यो परिवर्तनको साक्षी हुनुहुन्छ। उहाँले चिनियाँ यी वुमा २२ वर्षदेखि व्यापार गरिरहनुभएको छ। २२ वर्षमा यी वु “चीनको कमोडिटी सिटी” बाट “विश्वको कमोडिटी राजधानी”सम्ममा विकसित भएको छ। उहाँका अनुसार, “बेल्ट एण्ड रोड” बढ्नुका साथै यी वुबाट नेपालसम्म समानको ढुवानी अझै सुविधजनक र तीव्र बन्दैछ।

विष्णु दुमरूले “बेल्ट एण्ड रोड” प्रस्ताव चीनले दश वर्षअघि प्रस्तुत गरेकाले यो सुविधा ल्याइएको हो।

हालसम्म चीनले प्रस्तुत गरेको बेल्ट एण्ड रोड अवधारणामा विश्वका १५० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनहरूको सहभागिता छ। सम्बद्ध मुलुकहरूमा पूर्वाधार निर्माण क्रमशः सुधार भएको छ। कृषि, ऊर्जा, मानवीय सहयोग, स्वास्थ्य, वित्त, विज्ञान र प्रविधि लगायतका क्षेत्रहरूलाई ओगट्ने बीआरआई परियोजनाहरूबाट सम्बद्ध देश र क्षेत्रका जनतालाई वस्तुगत फाइदा प्रदान गरिराखेको छ।

चीनले क्रमिक रूपमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो जस्ता ठूला अन्तर्राष्ट्रिय एक्स्पोहरू आयोजना गरिरहेको छ। चीनले बहुपक्षीय सहयोग संयन्त्रहरूको संरक्षण गर्दै विश्वव्यापी र क्षेत्रीय आर्थिक विकासको जगलाई स्थिर बनाएको छ जसबाट आर्थिक विश्वव्यापीकरण र क्षेत्रीय एकीकरणको प्रक्रियालाई अघि बढाइरहेको छ।

दोस्रो, चीनले मानवजातिको आधुनिकीकरणका लागि नयाँ बाटो खोलेको छ। आधुनिकीकरणलाई साकार पार्नु नै विश्वका विभिन्न देशका मानिसहरूको साझा प्रयास हो। सुधार र खुलापनबाट चीनले आफ्ना उत्पादक शक्तिलाई मुक्त र विकसित गरेको छ अनि बिस्तारै चिनियाँ शैलीको आधुनिकीकरणको मार्गमा अघि बढिरहेको छ। चिनियाँ शैलीको आधुनिकीकरणले विकासोन्मुख देशहरूका लागि आधुनिकीकरणको मार्ग फराकिलो बनाएको छ र विश्वमा अझ बढी देशहरूका लागि नयाँ सन्दर्भ र छनौट प्रदान गरेको छ।

विकासोन्मुख मुलुकको रुपमा अग्रसर भइरहेको नेपालका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समाजवादी मोड अर्थात् चिनियाँ विशेषतायुक्त समाजवादको निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो सफलता हासिल गरेको विचार व्यक्त गर्नुभएको छ। विश्वव्यापी रूपमा विकास र समाजिक न्याय खोज्ने कम्युनिष्ट पार्टी र जनताका लागि यसले प्रोत्साहन गरेको छ। नेपालले पनि चिनियाँ अनुभव सिक्न खोजेको र चीनको अनुभव ज्यादै महत्वपूर्ण भएको उहाँले प्रकट गर्नुभएको छ।

तेस्रो, विश्वव्यापी शासनव्यवस्था प्रणालीको विकास तथा सुधारलाई बढाइरहेको छ। हिजोआज मानवजातिको भविष्य र भाग्य फेरि एकपटक दोबाटोमा आइपुगेको छ। यही वर्षको मार्चमा चीनको तत्वावधान र प्रयासमा साउदी अरेबिया र इरानले दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने निर्णय गरे। जसले गर्दा विश्व शान्ति र विकासमा आशा ल्याइएको छ।

चीनको खुलापन तथा सहयोगले दिएको नयाँ मौका भन्दै नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले “बेल्ट एण्ड रोड”को प्रारूपमा नेपाल र चीनले धेरै सहयोग गरेको, त्यसमा पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आदि छन् भन्ने कुरा बताउनुभएको छ। उहाँका अनुसार, यी सबैले राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत अन्तर्राष्ट्रय सहयोग बढाउने र विश्वको साझा विकास गर्ने “मानव भाग्य समुदाय”को विचारधारालाई व्यवहारमा उतारेका छन्।

सय वर्षमा विश्वमा अभूतपूर्व ठूला परिवर्तनहरूको सामना गर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मानवजातिको संयुक्त भाग्य समुदाय निर्माण गर्ने अवधारणालाई रचनात्मक रूपमा अगाडि सारी विश्वको भविष्य तथा विकासको दिशा देखाउनुभएको छ। उहाँले बारम्बार जोड दिँदै भन्नुभयो कि चीनको खुलापनको ढोका फराकिलो हुँदै जाने छ र यसले उच्च गुणस्तरीय विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा अघि बढाउँदै जानेछ। यसै क्रममा विभिन्न देशहरू बीचको खुलापन र सहयोगका लागि नयाँ अवसरहरू प्रदान गर्दै जानेछ।

सुधार तथा खुलापन, चीनको दोस्रो क्रान्ति मानिन्छ जसबाट चीनलाई गहन रूपमा परिवर्तन गरेको मात्र होइन, विश्वमा गहिरो प्रभाव पारिरहेको छ। उच्च गुणस्तरिय विकासमार्फत् चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने नयाँ यात्रामा, चीनले सुधारलाई गहन पार्दै थप "वासन्ती कथाहरू" लेख्दै जाने छ।