१० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य पूरा
2023-12-28 15:34:08cri
Share with:

चालु वर्ष सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने नेपालको सरकारी लक्ष्य पूरा भएको छ पर्यटन बोर्डको तथ्यांकअनुसार डिसेम्बर २७ तारिख बुधबार राति ९ बजेसम्म १० लाख एक हजार आठ सय ४४ पर्यटक भित्रिएका नयाँपत्रिका अनलाइनले लेखेको छ 

यो वर्ष सकिन चार दिन बाँकी छ त्यसैले केही हजार पर्यटक अझै बढ्ने बोर्डले जनाएको अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमै सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० लाख पुर्‍याउने घोषणा गर्नु भएको थियो। मंगलबार रातिसम्म विभिन्न देशबाट नौ लाख ९९ हजार एक सय नौ पर्यटक नेपाल आएका पर्यटन बोर्डको तथ्यांक छ बुधबार राति बजेसम्म थप दुई हजार सात सय ३५ पर्यटकबाट भित्रिएको अध्यागमन विभागको आइटी शाखाका कम्प्युटर इन्जिनियर प्रमोद शर्माले बताउनुभयो। 

कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकोमा यो वर्ष उत्साहजनक देखिएको हो गत वर्ष सन् २०२२ मा लाख १४ हजार विदेशी पर्यटक भित्रिएका थिएकोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकोमा गत वर्षदेखि सुधार भयो यसपालि पर्यटक आगमन उत्साहजनक रह्यो,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो उहाँले आगामी वर्ष सन् २०२४ मा पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने संकेत देखाएको पनि बताउनुभयो। 

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बढ्दो पर्यटक आगमनले अर्थतन्त्र सुधारमा भूमिका खेल्ने बताउनु भएको थियो उहाँले आगामी वर्ष पर्यटक आगमन दोब्बर पुर्‍याउने घोषणा पनि गर्नु भएको थियो। 

विगतमा जस्तै सन् २०२३ मा पनि खुला सीमा रहेको छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् पर्यटन बोर्डको तथ्यांकअनुसार १० लाखमा तीन लाख १३ हजार नौ सय एक पर्यटक भारतीय छन् 

त्यस्तै, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटक भित्रिए कोभिडअघिसम्म भारतीयपछि चिनियाँ पर्यटक धेरै भित्रिन्थे आगामी वर्ष चिनियाँ पर्यटक आगमन उल्लेख्य बढ्ने अनुमान लामिछानेको

त्यस्तै, संयुक्त अधिराज्य (युके)बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बंगलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, साउथ कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ पछिल्लो समय बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटक आउन थालेका छन् भदौ पहिलो साता एकैपटक सात सय बंगलादेशी पर्यटक जहाज चार्टर्ड गरेर नेपाल घुम्न आएका थिए