रुसका राष्ट्रपति पूटिन र भारतीय परराष्ट्र मन्त्री जयशङ्करबीच भेटवार्ता
2023-12-28 14:51:18CRI
Share with:

डिसेम्बर २७ तारिख रुसका राष्ट्रपति भ्लादिमिर पूटिनले रुस भ्रमणमा रहेका भारतीय परराष्ट्र मन्त्री जयशङ्करसँग मस्कोमा भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा, रूसी राष्ट्रपति पूटिनले रुस र भारतबीचको सम्बन्ध स्थिर रूपमा विकास भइरहेको बताउँदै तेल, तेलसम्बन्धित उत्पादनहरू र कोइलालगायतका द्विपक्षिय व्यापारको मात्रा बढ्दै गएको तथा उच्च प्रविधिको क्षेत्रमा द्विपक्षिय बीच राम्रो सहकार्य भएको औँल्याउनुभएको छ। यसका साथै, पूटिनले भारतका प्रधानमन्त्री मोदीलाई सन् २०२४ मा रुस भ्रमणकालागि निमन्त्रण पनि गर्नुभएको छ। भारतीय परराष्ट्र मन्त्री जयशङ्करले पूटिनलाई मोदीकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ।