लाल सँस्कृति मन पराएका कारण चीन गएका स्वीडेनका युवा एलिओट फ्रेनस्टेड
2023-12-29 09:15:45CRI
Share with:

धेरै विदेशीहरूले आफ्नो सपनाका लागि अध्ययन गर्न चीनलाई रोजेका छन्। उनीहरू आफ्नो मुलुकबाट पुरानो र जीवन्त शक्ति रहेको चीन आए। चिनियाँ जन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विषय विभागले चालू वर्षमा एक जना विशेष नयाँ विद्यार्थीको स्वागत गरे। यो विशेष नयाँ विद्यार्थी स्वीडेनबाट आएका एलिओट फ्रेनस्टेड हुन्। चिनियाँ जन विश्वविद्यालय पुगेका एलिओटले चिनियाँ भूमि टेकेको पहिलो पटक चाहिँ होइन। उनले चार/ पाँच वर्षअघि नै दुई पटक चीनको भ्रमण गरेका छन्। यी दुबै पटकको यात्रापछि एलिओटले अध्ययनका लागि चीन जाने निर्णय लिएका थिए।  

 

विश्वविद्यालय पुगेको केही सातापछि एलिओटले भोजनालय, जीम र कक्षा कोठा खोजे। औपचारिक पाठ शुरू हुनुअघि एलिओटले विश्वविद्यालयका शिक्षकशिक्षिका र सहपाठीसँग कुराकानी गरे। उनकाअनुसार, उत्साही र समावेशी, चलाख र मैत्रीपूर्ण चिनियाँहरू उनको मनमा गहिरो छाप परेको छ। उनी भन्छन् “शिक्षकशिक्षिकाहरू राम्रा हुन्। उनीहरूले मलाई धेरै मद्दत दिए। समस्या आइपरेको बेलामा उनीहरूलाई सन्देश पठाएपछि शिक्षकशिक्षिकाले पहिलो समयमा मलाई जवाफ दिए। चिनियाँ विद्यार्थीसँग भेट्दा उनीहरू निकै उत्साही र मैत्रीपूर्ण लाग्छन्।” 

एलिओटले पत्रकारसँग उनको मनमा गहिरो छाप परेको कुरा सुनाए। उनी भन्छन् “मैले भोजनालयमा मेरो छेउमा बसेका दुई जना विद्यार्थीसँग कुराकानी गरेँ। उनीहरूले प्राचीन कालको साहित्यको अध्ययन गर्छन्। मेरो विचारमा उनीहरू निकै चलाख छन्। मैले उनीहरूसँग मैत्रीसम्बन्ध गाँसेको छु। उनीहरूले पनि मसँग धेरै जिज्ञासा राख्छन्। उनीहरूले मेरो साँस्कृतिक पृष्ठभूमि उनीहरूभन्दा फरक भएकोमा सम्मान गरेका छन्।”

 

शिक्षकशिक्षिका र सहपाठीसँग कुराकानी गरेपछि एलिओटले विश्वविद्यालयमा धेरै रमाइलो कार्यक्रमहरू र विविध क्लबहरू थाहा पाएका छन्। ती कार्यक्रम र क्लबलाई विद्यार्थीहरूले छनौट गर्नसक्छन्। एलिओटले पनि आफ्नो लक्ष्य निश्चित गरिसकेका छन्। उनी भन्छन्

 “विश्वविद्यालयमा धेरै क्लबहरू छन्। मैले पनि केही क्लबहरूबारे जानकार लिएँ। मैले मार्क्सवाद क्लबमा संलग्न हुने आशा लिएँ। म मार्क्सवाद क्लबमा एड्गर स्नो अर्थात् अन्तर्राष्ट्रिय मित्र बन्नसक्ने छु।”  

भविष्यप्रति एलिओट आशावादी छन्। उनले चीन र पश्चिमको समझदारी र आदान-प्रदान गर्ने लक्ष्य निश्चित गरेका छन्। उनी भन्छन् “मैले चीनको सँस्कृतिबारे गहिरो रुपमा जानकारी लिनेछु। मैले चीनलाई पश्चिमी मुलुकद्वारा व्यापक रुपमा ग्रहण गर्नसकिने आशा लिएँ। भविष्यमा मैले कूटनीति र यससम्बन्धी काम गर्नसक्ने, चीन र पश्चिमको पुल बन्ने आशा गरेको छु।”