सुविधाजनक र प्रभावकारी यातायात सञ्जाल
2023-12-29 14:52:37cri
Share with:

सन् २०२३ चीनको सुधार तथा खुलापन नीति लागू भएको ४५औँ वार्षिकोत्सव हो। विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीन विश्वको आर्थिक वृद्धिको मुख्य शक्ति बनिसकेको छ।

पहिले सडकमा फैलिएको साइकलबाट अहिलेको मोटरगाडी, द्रुत गतिको रेलसम्म चिनियाँहरूको यातायात तरीकामा आएको ठूलो परिवर्तन हो। चीनले विश्वको सबैभन्दा प्रभावकारी र सबैभन्दा सुविधाजनक यातायात सञ्जालको स्थापना गरेको छ।

चीनको मोटर गाडी संघले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, सन् २०२३ मा चीनमा मोटरगाडीको कुल बिक्री मात्रा ३ करोडवटा पुग्ने र नयाँ ऊर्जा स्रोत मोटरगाडीको कुल उत्पादित र बिक्री मात्रा ९० लाखभन्दा बढी पुग्ने अनुमान छ।

सन् २०२३ नोभेम्बर ३० तारिखसम्म चीनको रेलमार्गको कुल लम्बाइ १ लाख ५५ हजार ५ सय किलोमिटरभन्दा बढी पुगेको छ भने द्रुत गतिको रेलमार्गको कुल लम्बाइ ४३ हजार ७ सय किलोमिटर पुगेको छ। यी दुबै विश्वको पहिलो स्थानमा छन्।