राष्ट्र संघीय महासचिवद्वारा अन्तर्राष्ट्रिय जगतलाई एकता बढाउन तथा आशालाई अँगाल्न आह्वान
2023-12-29 15:30:39CRI
Share with:

संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेसले २८ तारिख नव वर्षको शुभकामना भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय जगतसँग एकता बढाउन तथा आशालाई अँगाल्न आह्वान गर्नुभएको छ।

 

महासचिव गुटेरेसले गम्भीर विश्वव्यापी समस्याले विश्वसामु देखा परेको चुनौती बढ्दैगएको बताउनुभयो। गरिबी तथा भोकमरीले अनगिन्ती मानिसलाई सताइरहनुका साथै द्वन्द्व तथा युद्धको संख्यामा वृद्धि र तीव्र भइरहेको पनि औँल्याउनुभयो। उहाँका अनुसार, “एक आपसमाथि आरोप प्रत्यारोप र बलको प्रयोगबाट उम्कने कुनै बाटो छैन। हामी एकताबद्ध भएको बेला मानवजाति सबैभन्दा बलियो हुनेछ।” 

उहाँले भेदभाव र घृणामाथि प्रहार गर्ने आवश्यकता भएकोमा जोड दिनुभएको छ।

सन् २०२४ “विश्वास तथा आशाको पुनर्निर्माण गर्ने” वर्षको आशामा रहेको उहाँले औँल्याउनुभयो। 

संयुक्त राष्ट्र संघले विश्व एकता र शान्ति, दिगो विकास तथा मानव अधिकारको प्रवर्द्धन गर्न सुदृढताका साथ प्रयास गर्नेछ।